आरभ र अभिलाषाको जोडी च्याम्पियन

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

The duo of Aarav and Abhilasha are champions

काठमाडौँ — आरभसम्राट हाडा र अभिलाषा विष्टको जोडीले ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको मिक्स डबल्स उपाधि जितेको छ । उनीहरूको जोडीले सक्षमविक्रम शाह र नाला मास्केको जोडीलाई फाइनलमा ६–४, ६–३ को सोझो सेटमा पराजित गर्‍यो ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स जितेन्द्र परियार विजेता भए । उनले फाइनलमा सन्तोष खत्रीलाई २–६, ६–१, १०–५ ले हराए । ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्रले इमल दीक्षितसँग मिलेर स्वर्ण हात पारे । उनीहरूले फाइनलमा खन्तोष खत्री र छेवाङ लामाको जोडीलाई ६–३, ६–४ को सोझो सेटमा हरायो । ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाहीले फाइनलमा विमलकुमार गुरुङलाई ६–४, ७–५ ले हराए ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले फाइनलमा रोहित सुनुवारलाई ६–१, ६–४ ले हराए । ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र धीर गुरुङको जोडीले फाइनलमा विदुर विष्ट र भिक्टर राणाको जोडीमाथि ७–६, ७–५ को जित पायो । ५५ वर्षमाथि पुरुष डबल्स फाइनलमा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले विमलकुमार गुरुङ र हिमाल शाहको जोडीलाई ६–१, ६–३ ले हराएर स्वर्ण जित्यो ।

अन्तिम दिन शनिबार पुरुष सिंगल्समा निशान श्रेष्ठ र आरभसम्राट हाडा र महिला सिंगल्समा अभिलाषा विष्ट र स्वस्तिका विष्ट भिड्नेछन् ।

कान्तिपुर

Link copied successfully