काठमाडौँ — काठमाडौंका सुमन घले र सम्पदा सिवाकोटी तेस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । सुमन पुरुष र सम्पदा महिलामा उत्कृष्ट भए ।
नेपाल तेक्वान्दो संघ बागमती प्रदेश र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ४६–५० केजीमा करण ढोली, ५०–५४ केजीमा सुमन घले, ५४–५८ केजीमा अर्पण लामा, ५८–६३ केजीमा सुजपकुमार यादव र ६३–६८ केजीमा आशिष भुजेलले स्वर्ण जिते ।
गोल्फुटारमा भएको प्रतियोगिताको महिला ४०–४३ केजीमा सम्पदा सिवाकोटी, ४३–४६ केजीमा सुप्रिमा बजगाईं, ४६–४९ केजीमा रोजिना लामा, ४९–५३ केजीमा प्रतिमा भुजेल र ५३–५८ केजीमा मनीषा तामाङ विजेता भए ।
विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङलगायतले पुरस्कृत गरे ।
