काठमाडौँ — बूढानीलकण्ठ हात्तीगौंडा खेलकुद समितिको आयोजनामा वैशाख २० मा बूढानीलकण्ठ फाइट नाइट प्रतिस्पर्धा हुने भएको छ ।
गोल्फुटार फुटबल ग्राउन्डमा हुने फाइट नाइटको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल, भारत र थाइल्यान्डका प्रोफेसनल मुवाँथाईका युवा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
मुख्य इभेन्टमा नेपालका मिलन तामाङ र थाइल्यान्डका असादाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । अन्य ६ फाइटमा नेपाल र भारतका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । दुई फाइटमा नेपाली खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिस्पर्धापछि उत्कृष्ट र सबै सहभागी खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
