काठमाडौँ — नेपाल उसु महासंघको आयोजनामा सातौं राष्ट्रिय उसु निर्णायक परीक्षा कोर्स तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्स सोमबार सकिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, आयोजक महासंघका महासचिव नवराज ढुंगानालगायतले सहभागीलाई प्रमाणपत्र प्रदान गरे ।
त्रिपुरेश्वरस्थित राखेप सेमिकभर्डहलमा भएको साताव्यापी निर्णायक कोर्समा ५२ र डिप्लोमा कोर्समा ४२ सहभागी थिए । उनीहरूलाई गणेश अर्याल, उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामा, विशाल सिंजाली, रोशन बुढाथोकी, युगबहादुर तामाङ, शैलेन्द्र श्रेष्ठ, तुलसीनन्द वज्राचार्य, प्रकाश महर्जन र गोपाल श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान छ्वानले पनि प्रशिक्षण दिएका थिए ।
