कफी क्लब च्यारिटी फुटसल शनिबार

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

Coffee Club Charity Futsal Saturday

काठमाडौँ — कफी क्लबको आयोजनामा तेश्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिता शनिबार हुनेछ ।

प्रतियोगिताको पुरुषमा ३४ र महिलामा १० टिमले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष शैलेश लिम्बूले जनाए । नकआउट आधारमा हुने प्रतियोगिताको प्रत्येक खेल १५ मिनेटको हुनेछ ।

पुरुष/महिला दुवैमा विजेताले २५ हजार र दोस्रो हुनेले १२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार दिइने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाा खर्च हुने अध्यक्ष लिम्बूले जानकारी गराए । प्रतियोगिताबाट संकलित रकमबाट एकजना विपन्न परिवार वा जेहेन्दार विद्यार्थीलाई ५० हजार आर्थिक सहयोग प्रदान गरिने छ ।

नखिपोट युथ क्लबको सहआयोजनामा हुने एकदिने प्रतियोगिताका खेल सुनाकोठीस्थित वाखत फुटसलमा खेलाइने छ । कफी क्लब खेलकुद, सामाजिक कार्यलगायतको क्षेत्रमा कृयाशिल संस्था हो ।

कान्तिपुर संवाददाता

Link copied successfully