काठमाडौँ — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राई हङकङमा सम्मानित भएकी छन् । पोखरा फुटबल क्लब हङकङले उनलाई सम्मान गरेको हो । क्लबका सल्लाहकार ओम पुनले प्रीतिलाई १ लाख तथा जिन्सीसहित सम्मान प्रदान गरे ।
पहिलो पोखरा कप फुटबल प्रतियोगिताको अतिथिको रूपमा प्रीति हङकङ पुगेकी थिइन् । जोर्डन पार्कमा भएको प्रतियोगिताको फाइनलमा मोना एफसीले एसएसपीएन एफसीलाई ७–५ ले पराजित गरेको थियो । विजेता मोना एफसीले २० हजार २५ र उपविजेता एसएसपीएनले १० हजार २५ हङकङ डलर पुरस्कार पाए ।
