आयोजक गढीमाई वारियर्स विजयी

वैशाख १०, २०८२

शंकर आचार्य

Hosts Gadhimai Warriors won

पर्सा — वीरगन्जको हरपतगन्जमा सञ्चालित गढीमाई प्रिमियर लिग किक्रेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा आयोजक गढीमाई वारियर्स विजयी भएको छ । उसले सानो पाइलालाई तीन विकेटले पराजित गरेको हो ।

निर्धारित १६ ओभरको खेलमा गढीमाई वारियर्सले टस जिति सानो पाइलालाई पहिले ब्याटिङ गराएको थियो । सानो पाइलाले १४ ओभर तीन बलमा सबै विकेट गुमाई ७२ रन बनाएको थियो । जसमा आफताब अन्सारीले ३३ र कमलेश साहले ११ रन बनाएका थिए । 

गढीमाई वारियर्सका निमेश पटेलले सर्वाधिक चार विकेट लिएका थिए । दामोदर यादव र साजन यादवले २/२ विकेट लिएका थिए । सानो विजयी लक्ष्य पाएको गढीमाई वारियर्स १२ ओभर ४ बलमा ७ विकेटको क्षतिमा विजयी लक्ष्य भेट्टाएको थियो । उसका अभय कर्णले २६ र साजन रायले १७ रन जोडेका थिए । गढीमाई वारियर्सका निमेश पटेल ‘म्यान अफ दि म्याच’ घोषित भए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully