मदन भण्डारी तेक्वान्दोमा आयोजक ६ स्वर्णसहित अगाडि

वैशाख ८, २०८२

कान्तिपुर संवाददाता

Madan Bhandari leads host with 6 golds in Taekwondo

काठमाडौँ — आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ए’ टिम मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको पहिलो दिन सोमबार ६ स्वर्ण जित्दै पदक तालिकाको शीर्षस्थानमा छ ।

ग्यारोगी र पुम्सेमा गरी ३६ स्पर्धा समावेश प्रतियोगिताको सोमबार २६ स्पर्धाको फाइनल सकिँदा आयोजक ‘ए’ ६ स्वर्ण जितेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको प्रतियोगितामा एब्सोलुट र श्रीनले २–२ स्वर्ण जितेका छन् ।

Madan Bhandari leads host with 6 golds in Taekwondo

दुईदिने प्रतियोगितामा ४ सय ७९ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १ लाख, ६० हजार र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट पुरुष/महिला खेलाडीले जनही ५ हजार पाउनेछन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully