गढीमाई प्रिमियर लिग : सुधीर वारियर्स विजयी 

वैशाख ७, २०८२

कान्तिपुर संवाददाता

Gadhimai Premier League: Sudhir Warriors win

पर्सा — सुधीर वारियर्सले गढीमाई प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आइतबार गढीमाई वारियर्सलाई ४६ रनले पराजित गरेको छ । वीरगन्जको हरपतगन्जमा भइरहेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको सुधीर वारियर्स १६ ओवरमा १ सय ४७ रनमा अलआउट भयो । 

टोलीबाट वाल्मीकि पटेलले सर्वाधिक ४१, विवेक पटेलले ३८ र  कार्तिक पटेलले २३ रन बनाए । जवाफमा गढीमाई वारियर्स पूरै ओभर खेलेर १ सय १ रन बनाई अलआउट भयो । सन्देश पटेलले सर्वाधिक ३३ रन बनाए । सुधीर वारियर्सका महम्मद समीर प्लेयर अफ द म्याच भए । उनले ४ ओभरमा ३ विकेट लिनुका साथै ११ रनसमेत बनाएका थिए । 

कान्तिपुर

Link copied successfully