सल्यानमा अन्तरपालिकास्तरीय टी–२० क्रिकेट सुरु

वैशाख ६, २०८२

विप्लव महर्जन

Intermunicipal level T-20 cricket starts in Salyan

सल्यान — सल्यानमा शनिबारदेखि अन्तरपालिकास्तरीय दोस्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा सुरु प्रतियोगिता लुहापिङस्थित त्रिभुवन जनमाध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको हो । 

प्रतियोगितामा जिल्लाका १० पालिकाका १ सय ५० भन्दा बढी खेलाडी सहभागी भएका छन् । प्रथम हुनेलाई एक लाख र दोस्रोलाई ५० हजार पुरस्कारसहित ट्रफीको व्यवस्था गरिएको  शारदा नगरपालिकाले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन शारदा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका थिए । 

देशविदेशमा क्रिकेट खेलको मोह बढ्दै गएकाले जिल्लाका युवालाई क्रिकेट खेलमा उत्साहित गर्न पोहोरदेखि नयाँ वर्षको अवसर पारेर प्रतियोगिता आयोजना गरेको शारदा नगर प्रमुख प्रकाश भण्डारीले बताए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully