काठमाडौँ — धाविका सन्तोषी श्रेष्ठले लन्डन म्याराथनमा भाग लिने भएकी छन् । उनी त्यसका लागि बिहीबार बेलायत जाने छन् ।
बैशाख १४ मा लन्डन म्याराथन हुनेछ । सन्तोषीको सहभागितालाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सन्तोषीलाई बिदाइ गर्दै देशको शान बढाउने गरी उच्च प्रदर्शन गर्न शुभकामना दिएका थिए ।
पेरिस ओलम्पिक खेलेकी सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता धाविका हुन् । उनले सागमा १० हजार मिटर दौडबाट स्वर्ण जितेकी थिइन् ।
गत वर्षबाट म्याराथन दौडन थालेकी सन्तोषीले ढाका बंगबन्धु म्याराथनमा स्वर्ण जितेर आफ्नो अन्तर्राष्ट्रिय सहभागितालाई स्मरणीय बनाएकी थिइन् । उनको त्यो पहिलो अन्तर्राष्ट्रिय म्याराथन सहभागिता थियो ।
