युवराजको ५ विकेटपछि नेपाललाई सामान्य लक्ष्य

वैशाख १, २०८२

कान्तिपुर संवाददाता

Normal target for Nepal after Yuvraj's 5 wickets

काठमाडौँ — युवराज खत्रीले ५ विकेट लिएपछि नेपाल यू–१९ ले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा ओमान यू–१९ विरुद्धको खेल जित्न १ सय १८ रनको लक्ष्य पाएको छ । 

नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको ओमान माथिल्लो मूलपानी क्रिकेट मैदानमा ३८ ओभरमा १ सय १७ रनमा अलआउट भयो ।

लेग स्पिनर युवराजले ७ ओभरमा १५ रन खर्चेर ५ विकेट लिएका हुन् । सातौं बलरको रुपमा आएका उनले जीत ब्रजेश साहलाई आउट गरी ३० औं ओभरमा विकेट लिन सुरु गरेका थिए । उनले ओमानको पछिल्लो ५ विकट नै लिए ।

सन्तोष यादवले ८ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर २ विकेट लिए । अशोक धामी, अपराजित पौडेल र दयानन्द मण्डलले १ विकेट लिए । दर्श सोनारको स्थानमा नेपालले दयानन्दलाई खेलाएको थियो ।

ओमानबाट जीत ब्रजेश साहले सर्वाधिक ५२ रन बनाए । उनले ७८ बल खेलि ६ चौका प्रहार गरे । प्रतिश हेमा रमेश १० र सिद्धार्थ सोम्य शंकर १६ रनमा आउट भए । कभिस राजेशकुमार शाह ९ रनमा अविजित रहे ।

नेपालले शनिबार पहिलो खेलमा यूएईलाई ५ रनले पराजित गरेको थियो । ओमान पहिलो खेलमा अफगानिस्तानसँग ८ विकेटले पराजित भएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully