ओमानविरुद्ध नेपालको फिल्डिङ

वैशाख १, २०८२

कान्तिपुर संवाददाता

Nepal's fielding against Oman

काठमाडौँ — नेपाल यू–१९ ले ओमान यू–१९ सँग एसीसी यू–१९ विश्वकप एसिया छनोटमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान नरेन भट्टले सोमबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेपछि ओमानलाई पहिला ब्याटिङका लागि बोलाएका हुन् ।

नेपालले दर्श सोनारको स्थानमा तीब्र बलर दयानन्द मण्डललाई खेलाएको छ । नेपालले शनिबार पहिलो खेलमा यूएईलाई ५ रनले पराजित गरेको थियो । दर्शले सो खेलमा ५ रनमात्र बनाउन सकेका थिए ।

ओमान पहिलो खेलमा अफगानिस्तानसँग ८ विकेटले पराजित भएको थियो । नेपाल र ओमानसहित, यूएई अफगानिस्तान र हङकङ समावेश यो प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ र विजेता टोली आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ । 

कान्तिपुर

Link copied successfully