हेटौंडा — नयाँ वर्षको अवसरमा नेपाल तरुण दल हेटौंडा–६ नम्बर इकाईले आयोजना गरेको शुभकामना खुला ५ किलोमिटर दौड राजकुमार गोले प्रथम भएका छन् ।
३६ जना धावकलाई पछि पार्दै बकैया गाउँपालिकाका गोलेले १५ हजार रुपैयाँ हात पारे । उनले १५ मिनेट ११ सेकेन्डमा दूरी पार गरेका थिए ।
१५ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दै थाहा नगरपालिकाका विजन सुनार दोस्रो र १६ मिनेट १६ सेकेन्डमा दूरी पार गर्दै राक्सिराङका सुवास हेम्जन तेस्रो भएका थिए । प्रतियोगितामा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
दौडमा विजयी हुनेहरूलाई कांग्रसेका सभापति बुद्ध लामा, हेटौंडा–६ का वडाध्यक्ष विष्णुबहादुर दाहाल, हेटौंडा–७ का वडाध्यक्ष दामोदर गौतमलगायत पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा मकवानपुरका ३७ जना धावकको सहभागिता रहेको थियो ।
