हेटौंडा — हेटौंडामा सोमबारदेखि सुरु मध्य पृतनापति ट्रफी प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटर दौडमा महिलातर्फ भैरव गणकी सन्तोषी लिम्बू प्रथम भएकी छन् । शेर गणकी आशा थारु द्वितीय र शेर गणकै सरिता थारु तृतीय भइन् ।
पुरुषतर्फको १५ सय मिटर दौडमा शेर गणका लोकेन्द्र बोहोरा, गोरख बहादुर गणका भुपेन्द्र सुनार र शेर गणका अशोक मडै क्रमश: प्रथम, द्वितीय र तृतीय भए ।
प्रतियोगितामा भलिबल, फुटबल, बास्केट बल र एथ्लेटिक्सलगायत ८ खेलमा प्रतिस्पर्धा हुनेछ । ३ सय महिला खेलाडीसहित ८ सय १० खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
हेटौंडास्थित सुपारीटार ब्यारेकको खेल मैदानमा सञ्चालित मध्य पृतनापति ट्रफी प्रतियोगिताको पृतनापति हरेन्द्र पाठकले उद्घाटन गरेका थिए । वैशाख ८ सम्म चल्ने प्रतियोगिताका विजयी खेलाडीलाई प्रधान सेनापति ट्रफी प्रतियोगिताका लागि क्लोज क्याम्प सञ्चालन गरिनेछ ।
