मूलपानी क्रिकेट रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेल, मैदान भिजेपछि अझै सुरु भएन

चैत्र ३१, २०८१

कान्तिपुर संवाददाता

The first international match at Moolpani Cricket Stadium, did not start yet as the ground got wet

काठमाडौँ — नेपाल यू–१९ र यूएई यु– १९ बीच आइतबार हुन लागेको एसीसी यू–१९ विश्वकप छनोट खेल ढिला सुरु हुने भएको छ । मूलपानी क्रिकेट रंगशालामा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय खेल मैदान भिजेका कारण अझै सुरु हुन सकेको छैन ।

The first international match at Moolpani Cricket Stadium, did not start yet as the ground got wet

अघिल्लो दिनको वर्षाले मैदान भिजनको कारण निर्धारित समयमा सुरु हुन नसकेको हो । म्याच रेफ्रीले ११ बजे मैदान निरिक्षण गरेपछि ११:३० मा खेल सुरु हुने सम्भावना रहेको छ ।

The first international match at Moolpani Cricket Stadium, did not start yet as the ground got wetतस्बिरहरु : अंगद ढकाल/कान्तिपुर

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भने निर्धारित समयमै खेल सुरु भएको छ । पहिला ब्याटिङ गरेको ओमान यू–१९ ले १७ ओभरमा ५० रन बनाउँदै ५ विकेट गुमाइसकेको छ । 

The first international match at Moolpani Cricket Stadium, did not start yet as the ground got wet

कान्तिपुर संवाददाता

Link copied successfully