नेपाल–कुवेत उपाधि भिडन्त, नेपालले पहिले बलिङ गर्दै

चैत्र ३१, २०८१

कान्तिपुर संवाददाता

Nepal-Kuwait title clash, Nepal bowling first

काठमाडौँ — हङकङमा आयोजित चार देशीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले कुवेतविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

टस जित्दै नेपालले कुवेतलाई ब्याटिङको निम्तो दिँदै आफूले फिल्डिङ रोजेको हो । शनिबार खेल वर्षाले प्रभावित पारेपछि नेपाली टिम शनिबार हङकङसँग नतिजाविहीन हुँदै अंक तालिकाको शीर्षमा रहेका कारण फाइलनमा पुगेको हो । 

पहिलो दुई खेल जितेको नेपाल अपराजित रहेर ५ अंकसहित शीर्षस्थानमा थियो । दुई खेल जितेको कुवेतको ४, हङकङको ३ अंक रहयो । 

कुवेतले शनिबार कतारलाई ६ विकेटले पराजित गरी नेपालसँग आइतबार हुने फाइनल भेट निश्चित गरेको थियो । कतारले बनाएको १ सय २४ रनलाई कुवेतले १० ओभरमा १ सय २७ रन बनाउँदै पूरा गरेको थियो ।

नेपालले राउन्ड रोबिनको पहिलो खेलमा कुवेतलाई ६ विकेट र कतारलाई ८ विकेटले पराजित गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully