काठमाडौँ — हङहङमा आयोजित चार देशीय टी–२० सिरिजको फाइनल खेलमा कुवेतले नेपाललाई १७५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको हो ।
आक्रामक सुरुवात पाएको कुवेतले अन्तिम पावर प्लेमा रन बनाउन नसक्दा १७४ रनमै सीमित हुन पुग्यो । अन्तिम पाँच ओभरमा कुवेतले बाउन्ड्री एउटा मात्र लगाउन सक्यो ।
सुरुवाती १० ओभरमै कुवेतले ११० रन बनाएको थियो । तर पहिलो क्रमका ब्याटरहरु आउट भएपछि पछि आएकाले आक्रामक पारी खेल्न सकेनन् ।
नेपालका लागि नन्दन यादवले दुई र सोमपाल कामीले २/२ विकेट लिँदा, कुशल भुर्तेल र करण केसीले एक/एक विकेट लिए ।
