नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा

चैत्र ३०, २०८१

रासस

Nepal in the final of the four-nation T-20I series

काठमाडौँ — नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा पुगेको छ ।

हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउण्डमा शनिबार भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो ।

आज टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । हङकङले ९ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान अंक एक–एक पाएका हुन् ।

रासस

Link copied successfully