फोर नेसन्स बक्सिङमा लालप्रसाद विजयी

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

Lal Prasad wins in Four Nations Boxing

काठमाडौँ — नेपाली बक्सर लालप्रसाद उप्रेती शनिबार भुटानको थिम्पूमा भइरहेको फोर नेसन्स इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा विजयी भएका छन् ।

पुरुष ४८ केजी तौल समूहमा लालप्रसादले भारत (सिक्किम) का दुर्गाप्रसाद शर्मालाई ५ः० अंकका आधारमा हराएका थिए ।

Lal Prasad wins in Four Nations Boxing

नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेका अनुसार नेपाल, भारत बगांलादेश र भुटानको खेलाडीले भाग लिएको प्रतियोगितामा ४८ केजी तौल समूहमा नेपालकी रमिशा श्रेष्ठ सिक्किमकी याशिका राईसँग ४ः१ अंकका आधारमा पराजित भइन् ।

कान्तिपुर

Link copied successfully