कायस्थलाई व्यायाम मन्दिरको लाइफटाइम अवार्ड

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

Kayasthalai Vyarmaya Mandir Lifetime Award

काठमाडौँ — नेपालकै जेठो जिमशाला नेपाल व्यायाम मन्दिरले शारीरिक सुगठन तथा व्यायाम मन्दिरको विकास र विस्तारमा योगदान पुर्‍याएका विजयलाल कायस्थलाई शनिबार लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।

पूर्वएआईजी कायस्थलाई ५५ हजार ५ सय ५५ नगदसहित उक्त अवार्ड प्रदान गरिएको हो । २०३८ सालदेखि नेपाली बडी बिल्डिङ क्षेत्रमा सक्रिय उनी नेपाल बडी बिल्डिङ महासंघका प्रथम उपाध्यक्षसमेत हुन् ।

संस्थाको सन्तति सम्मानबाट मन्दिरका उपाध्यक्ष अनिललाल श्रेष्ठका छोरी अनुष्का, व्यायाम मन्दिर सञ्चालक समितिका सदस्य ज्ञानेन्द्र नकर्मीका छोरा रोजिन तथा व्यायाम मन्दिरका पूर्वअध्यक्ष तथा धर्मश्री प्रतियोगिताका परिकल्पनाकार स्व. सरोजकुमार श्रेष्ठका छोरा रोबर्टलाई १० हजारसहित सम्मान गरिएको थियो ।Kayasthalai Vyarmaya Mandir Lifetime Award

नेपाल व्यायाम मन्दिरद्वारा आयोजित आठौं नीलकण्ठ मानन्धर स्मृति पावरलिफ्टिङ  प्रतियोगिता तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा उनीहरूसहित विभिन्न सञ्चारमाध्यमका पाँच पत्रकारलाई सम्मान गरिएको थियो । त्यसमा मेरोखेलका प्रधान सम्पादक श्रीविक्रम भण्डारी, नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्याय, गोरखापत्र अनलाइनका गोविन्द रेग्मी, सेतोपाटी अनलाइनका सीताराम कोइराला र अनलाइन खबरका गोविन्दराज नेपाल सम्मानित भए । सम्मानित हुने सञ्चारकर्मीले जनही १० हजार पाए ।

कान्तिपुर

Link copied successfully