काठमाडौँ — हङकङमा जारी चार देशीय टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा कुवेतविरुद्ध ओपनर आशिफ शेखले पनि अर्धशतक प्रहार गरेका छन् ।
१८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा आशिफले ३४ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले २ चौका र चार छक्का प्रहार गरेका छन् ।
अर्धशतक प्रहार गरेका आशिफको विकेट पनि गएको छ । यससँगै नेपालको १२७ रनको साझेदारी पनि तोडिएको छ । आशिफले आउट हुनुअघि ५३ रन जोडेका छन् ।
त्यसअघि ओपनर कुशल भुर्तेलले २५ बलमा अर्धशतक पूरा गरेका छन् । उनले त्यसक्रममा चार छक्का र पाँच चौका प्रहार गरेका थिए ।
टी–२० आई करिअरमा भुर्तेलको यो ११ औं अर्धशतक हो ।
