टी-२० आईमा दीपेन्द्रको अर्को विश्व कीर्तिमान

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

Another world record for Dipendra in T20Is

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईसीसीको टी–२० क्रिकेटमा फेरि अर्को विश्व कीर्तिमान बनाएका छन् । 

हङकङमा जारी चार देशीय टी–२० आई श्रृंखलामा कुवेतविरुद्ध उनले सबैभन्दा धेरै इनिङ शून्यमा आउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन् । 

योसँगै उनले लगातार ६६ वटा टी–२० आईमा डकआउट भएका छैनन् । यसअघि यो रेकर्ड वेष्टइन्डजका मार्लोन नथालिएल स्यामुएल्सको नाममा थियो । उनी लगातार ६५ खेलमा डकआउट भएका छैनन् । 

आजको खेलमा उनले मात्र १२ बलमा ३१ रन बनाउँदै नेपालको जीत पक्का गरेका थिए । उनीपछि आएका गुल्शन झाले १९ औं ओभरको चौथो र पाँचौं खेलमा लगातार दुई चौका प्रहार गर्दै जित दिलाएका थिए । 

सबैभन्दा कम बलमा अर्धशतक बनाउने रेकर्ड पनि दीपेन्द्रकै नाममा छ । उनले मात्र ९ बलमा मंगोलियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । उनको यो रेकर्ड भने बराबरी मात्र गर्न सकिन्छ । 

कान्तिपुर संवाददाता

Link copied successfully