सल्यानको घुईंयाबारीमा खुला फुटबल सुरु

चैत्र २६, २०८१

विप्लव महर्जन

Open football started in Salyan's Ghuinayabari

सल्यान — जिल्लाको कालिमाटी गाउँपालिका ७ घुईंयाबारीमा नयाँ वर्षको अवसर पारेर खुला फुटवल प्रतियोगिता सुरु भएको छ । कालिमाटी गाउँपालिका वडा नं ७ को आयोजनामा खुला फुटवल प्रतियोगिता मंगलबार सुरु भएको हो ।

प्रतियोगितामा वडाका विभिन्न युवा क्लवका ८ टिमले भाग लिएको छ । खेलतर्फ युवालाई उत्साहित गर्न मात्र नभई खेल स्वास्थ्यका लागि पनि लाभदायक भएकाले वडाले फुटवल खेलको आयोजना गरेको वडा अध्यक्ष मित्रलाल रिजालले बताए । 

खेल मैदान नभए पनि बाँझो रहेका खेतीयोग्य जग्गालाई सम्याएर फुटबल खेलाउँदै आएको वडा अध्यक्ष रिजालले जानकारी गराए । युवापुस्ता सबै वैदेशिक रोजगारीमा गएकाले गाउँघर सुनसान बन्दै गएका बेला चहपहल होस र छुटिएका साथीको भेटघाट होस् भनेर बेलाबेलामा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको  उनको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully