ई–स्पोर्ट्स टोली उज्वेकिस्तानतिर

चैत्र २६, २०८१

कान्तिपुर संवाददाता

E-Sports team to Uzbekistan

काठमाडौँ — पब्जी मोबाइल ग्लोबल ओपनमा भाग लिन चार खेलाडीसहित ६ सदस्यीय नेपाली ई–स्पोर्टस टोली मंगलबार उज्वेकिस्तानको तास्केन्द गएको छ ।

अप्रिल १० देखि १४ सम्म हुने प्रतियोगितामा सुविन प्रजापति (कप्तान), मौसम गुरुङ, दीपेश गुरुङ र अजय श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । टोलीको नाम टिटुके छ ।

प्रशिक्षकमा विपुल भट्टराई र व्यवस्थापकमा संगीता गुरुङ छन् । टोलीलाई ई–स्पोर्ट्स एसोसिएसन नेपालका अध्यक्ष अञ्जन धमलाले मंगलबारै बिदाइ गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully