तिलोत्तमा — बुटवलमा जारी प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा एमएससी भारत विजयी भएको छ।
अन्तिम क्वार्टरफाइनलमा हेटौंडा एएफए मकवानपुरलाई १-० गोल अन्तरले पराजित गर्दै एमएससी भारत अन्तिम चारमा प्रवेश गरेको हो । एमएससी भारतले सेमिफाइनलमा ट्रिनिटी युवा क्लब, वालिङसँग खेल्नेछ।
मंगलबारको खेलमा एमएससीको जितमा ज्योति बल्लीले गोल गरिन् । खेलको ४४ औं मिनेटमा कर्नर प्रहारलाई उनले हेडमार्फत जाली चुमाएकी थिइन् । खेलमा एमएससीकी रुक्मणि प्लेयर अफ द म्याचबाट पुरस्कृत भइन् ।
बुधबार पहिलो सेमिफाइनलमा आयोजक बीस पचहत्तर युवा क्लब र राइजिङ स्टार क्लब, कपिलवस्तुको बीचमा खेल हुने संयोजक बुद्घिबहादुर दर्जीले बताए।
