चोटका कारण रेस्टमा रहेका बुमराह आज आरसीबीविरुद्ध मैदान उत्रिँदै 

चैत्र २५, २०८१

एजेन्सी

Bumrah, who is on rest due to injury, will take the field against RCB today

नयाँ दिल्ली — भारतीय टिमका तीव्र गतिका बलर र मुम्बई इन्डियन्सका खेलाडी जसप्रीत बुमराह सवमबार आरसीबीविरुद्ध हुने खेलमा सहभागी हुने भएका छन् ।

मुम्बई इन्डियन्सका हेड कोच महेला जयवर्धनले यसको पुष्टि गरेका हुन् । उनले भनेका छन्, ‘उनी (जसप्रीत बुमराह) अब उपलब्ध हुनेछन् । उनले आइतबार अभ्यास पनि गरेका छन् ।’

जयवर्धनले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध हुने खेलका लागि बुमराह तयार रहेको बताएका छन् । 

मुम्बई इन्डियन्सले जारी आईपीएलमा अहिलेसम्म खेलेका चार मध्ये एक मा मात्र जित हासिल गर्न सकेको छ । 

तीव्र गतिका बलर बुमराह कमरमा आएको चोटका कारओ जवरीदेखि भारतीय टिमबाटसमेत बाहिर थिए । जसकारण उनले च्याम्पियन्स ट्रफीसमेत गुमाएका थिए ।

एजेन्सी

Link copied successfully