आरसीटीमा नयाँ कार्यसमितिलाई पदभार

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

Appointment of new working committee on RCT

काठमाडौँ — अन्नपूर्ण आरसीटीको नयाँ कार्यसमितिलाई आइतबार एक विशेष कार्यक्रमबीच पदभार हस्तान्तरण गरिएको छ । निवर्तमान अध्यक्ष सुरेशकाजी शाक्यले नवनिर्वाचित अध्यक्ष राजेश श्रेष्ठलाई पदभार हस्तान्तरण गराए ।

नयाँ कार्यसमितिले शाक्यलाई क्लबको प्रमुख संरक्षक पनि घोषणा गरेको छ । कार्यसमितिमा कुमार राजभण्डारी, नरेन्द्रबहादुर श्रेष्ठ र रवीन महर्जन उपाध्यक्ष, रजेन्द्रप्रसाद श्रेष्ठ सचिव, अशोक मानन्धर सहसचिव तथा नरेश वैद्य कोषाध्यक्ष रहेका छन् ।

सदस्यमा चंगेजलाल श्रेष्ठ, यज्ञरत्न तुलाधर, दिनेश श्रेष्ठ, अमूल्य मानन्धर, रामचन्द्र श्रेष्ठ, बुद्धरत्न महर्जन र सन्तोष तुलाधर छन् । यस्तै योगेशकुमार खड्गी पदेन सदस्य रहनेछन् । त्यही कार्यक्रमका अवसरमा क्लबको संग्रहालय स्थापनामा सहयोग पुर्‍याउने सबैलाई सम्मान पनि गरिएको थियो । 

कान्तिपुर

Link copied successfully