उपमेयर कप नकआउट फुटबल : वालिङ १-० ले विजयी

चैत्र २४, २०८१

सन्जु पौडेल

Vice Mayor's Cup Knockout Football: Walling won 1-0

तिलोत्तमा — विधान ट्रिनिटी क्लब, वालिङ बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । आइतबारको खेलमा विरगंज युथ एकेडेमीलाई १-० ले हराउँदै उसले अन्तिम ४ को स्थान तय गरेको हो ।

पूर्णिमा राईले दोस्रो हाफमा १ गोल गरेपछि वालिङले जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहति रह्यो ।

खेलमा वालिङकी स्कोरर पूर्णीमा राई प्लेयर अफ द म्याचबाट पुरस्कृत भइन् । सोमबार राइजिङ स्टार युथ क्लब कपिलवस्तु र बसन्तपुर युनाइटेड क्लब चितवनका बिच खेल हुने आयोजक क्लबका सचिव दिपक गुरुङले बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully