दोर्जेले जिते एनसेल बाह्रखरी गल्फ

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

Dorje won Ncell Barakhari Golf

काठमाडौँ — दोर्जे होजाङस्टाङले एनसेल बाह्रखरी कर्पोरेट गल्फको आठौं संस्करणको उपाधि जितेका छन् । गोकर्ण गल्फ कोर्समा शनिबार सम्पन्न प्रतियोगिता विजेता दोर्जेले सुनको बल पुरस्कार पाएका छन् ।

१८ होलमा स्टेबल फोर्डका आधारमा खेलाइएको प्रतियोगिताका विजेता दोर्जेले ४४ अंक बटुले । उनले फ्रन्टनाइटमा २५ र ब्याकनाइनमा १९ अंक जोडेका थिए ।

बाह्रखरी मिडियाले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा राजेन्द्र श्रेष्ठ उपविजेता बने । उनले ४३ अंक जोडेका थिए ।  भाइराजा पाण्डे सिनियरतर्फ (६० वर्षमाथि) विजेता बने । उनले ३५ अंक जोडेका थिए ।  

महिलातर्फ आरती राज्यलक्ष्मी राणा विजयी भइन् । उनले २३ अंक जोडेकी थिइन् । उपविजेता आर्सिया बानुले २२ अंक जोडिन् ।

३९ अंकसहित निश्चयजंग रायमाझीले बेस्ट ग्रसको उपाधि जिते । नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डिजको उपाधि जिते । नोर्बुले सात बर्डी प्रहार गरेका थिए । क्लोजेस्ट टु दी पिनको उपाधि पनि विजेता दोर्जेले जितेका थिए । होल इन वानको पुरस्कारमा बीवाईडीको अट्टो थ्री गाडी जित्न दोर्जे करिब दुई फिटले असफल भएका थिए । लङ्गेस्ट ड्राइभको उपाधि अस्माङ कार्कीले जिते । उनले २५८ यार्ड लामो ड्राइभ प्रहार गरे । कुल ९६ गल्फरको सहभागिता थियो ।

विजेताहरूलाई प्रतिनिधिसभाका सदस्य गगन थापाले पुरस्कृत गरे । बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानले गल्फ क्षेत्रसँग सम्बन्धित विविध पक्ष समेटेर पर्यटनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम गरिएको बताए । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले विजेता खेलाडीलाई बधाई दिएका थिए ।  

कान्तिपुर संवाददाता

Link copied successfully