जिम्न्यासाइडमा भाग लिने

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

Participating in gymnasiums

काठमाडौँ — आईएसएफ यू–१५ जिम्न्यासाइड (जुनियर स्कुल समर गेम्स) मा मा भाग लिन तीन खेलका ९ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली बिहीबार सर्बियाको ज्लाटिवोर गएको छ ।

 चैत २२ देखि वैशाख १ सम्म हुने गेम्समा नेपालबाट थ्री बाइ थ्री बास्केटबल र पौडीमा ४–४ तथा बक्सिङमा १ खेलाडी प्रतिस्पर्धी छन् ।

बास्केटबलमा मन्दिप गुरागाईं, स्पर्श खतिवडा, सुसन हमाल र वरदान मल्लले भाग लिनेछन् । प्रशिक्षकमा प्रेमसुन्दर होना छन् । पौडीमा मायोन श्रेष्ठ, प्राप्ति पाण्डे, श्रयला महर्जन र कल्किन श्रेष्ठ छन् ।

प्रशिक्षकमा नवीन महर्जन छन् । बक्सिङमा रिजोन रुम्बा लामाले खेल्नेछन् । प्रशिक्षकमा दोर्जे घले छन् । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की पनि आईएसएफ साधारणसभालाई सर्बिया जानेछन् ।

कान्तिपुर

Link copied successfully