निशा र उषा सम्मानित

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

Nisha and Usha honored

गोरखा — गोरखा नगरपालिकाले राष्ट्रिय फुटबल खेलाडी निशा थोकर र भलिबल खेलाडी उषा भण्डारीलाई सम्मान गरेको छ । मेयर कप फुटवल र उपमेयर कप भलिबलको बिहीबार उद्घाटनमा उनीहरूलाई २० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

 उनीहरूलाई गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, गोरखा नगरपालिकाका मेयर कृष्ण राना र उपमेयर मसली माया थोकरले सम्मान गरे । फुटबलमा १४ वडा र महिला भलिबलमा ८ टिमको सहभागिता छ ।

कान्तिपुर

Link copied successfully