आईएसएफ जिम्न्यासाइडलाई टोली सर्बियातिर

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

ISF Gymnasium to Team Serbia

काठमाडौँ — आईएसएफ यू–१५ जिम्न्यासाइड (जुनियर स्कुल समर गेम्स) मा मा भाग लिन तीन खेलका ९ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली बिहीबार सर्बियाको ज्लाटिवोर जाने छ । टोली बिहीबार राति ११ः०० बजे उड्ने छ ।

चैत २२ देखि वैशाख १ सम्म हुने समर गेम्समा नेपालबाट थ्री बाइ थ्री बास्केटबल र पौडीमा ४–४ तथा बक्सिङमा १ खेलाडी सहभागी हुने छन् । बास्केटबलमा मन्दिप गुरागाईं, स्पर्श खतिवडा, सुसन हमाल र वरदान मल्लले भाग लिनेछन् । प्रशिक्षकमा प्रेमसुन्दर होना छन् । पौडीमा मायोन श्रेष्ठ, प्राप्ति पाण्डे, श्रयला महर्जन र कल्किन श्रेष्ठ छन् । प्रशिक्षकमा नवीन महर्जन छन् । बक्सिङमा रिजोन रुम्बा लामाले खेल्नेछन् । प्रशिक्षकमा दोर्जे घले छन् ।

अफिसियलमा सोविनराज रेग्मी, कमला निरौला, तिलक पाण्डे, विनोदराज पाण्डे, सन्तोष पौडेल, सोना प्रधान, सुरज श्रेष्ठ, रोशन बोहरा र रघुनाथ अगस्ती छन् ।

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य तथा नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की सोही प्रतियोगिता दौरान हुने साधारणसभामा भाग लिन शुक्रबार सर्बिया जानेछन् । अप्रिल ८ तारिखमा हुने साधारण सभाले आईएसएफको अध्यक्ष चयन गर्ने कार्कीले बताए । कार्की अप्रिल ७ र ९ तारिखमा हुने आईएसएफको कार्यकारी बैठकमा पनि सहभागी हुने छन् ।  

कान्तिपुर

Link copied successfully