पुलिसलाई चौथो तोप २१ कप

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

4th cannon to police 21 cups

सिन्धुपाल्चोक — नेपाल पुलिस क्लबले चौथो तोप २१ तथा चौतारा साँगाचोकगढी नगरपालिका राष्ट्रिय भलिबल प्रतियोगिता जितेको छ । 

तोप २१ को आयोजनामा नेपाल भलिबल संघ, जिल्ला भलिबल संघ र जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोग तथा समन्वयमा भएको प्रतियोगितामा पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको हो । 

पुलिसले बुधबार अन्तिम खेलमा गण्डकीलाई २५–१६, २५–१८ र २५–२२ को सेटले पराजित गर्‍यो । पुलिसले उपाधिसँगै ३ लाख र गण्डकीले १ लाख ५० हजार हात पार्‍यो । 

कोशी प्रदेशले नेपाल एपीएफ क्लबलाई ३–० सेटमा हराएर तेस्रो भयो । कोशीले ७५ हजार नगद पाएको थियो । विजेता टोलीलाई प्रदेश सांसद बागमती प्रदेशका पूर्वभौतिक पूर्वार्धारमन्त्री युवराज दुलाल शरदले पुरस्कार वितरण गरे ।

कान्तिपुर

Link copied successfully