गाईघाट सेमिफाइनलमा

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

Gaighat in the semi-finals

धनकुटा — गाईघाट फुटबल क्लब उदयपुर सहिद भीमनारायण गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । गाईघाटले सोमबार ब्वाइज फुटबल क्लब इटहरीलाई १–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

धनकुटा बजारस्थित तल्लो टुँडिखेलमा भएको खेलमा १८ औं मिनेटमा फोफानाले गरेको गोल नै गाईघाटलाई विजय बनाउन पर्याप्त बन्यो ।

फोफानाले पेनाल्टी बक्स नजिकैबाट प्रहार गरेको बल गोल भएको थियो । दुवै टिमले विदेशी खेलाडीका साथ मैदान प्रवेश गरेका थिए । जसमा गाईघाटबाट दुई र ब्वाइजबाट एक जना विदेशी खेलाडी थिए । कोशी प्रदेश लिग च्याम्पियनसमेत रहेको गाईघाटको तुलनामा ब्वाइजको लय मिल्न नसक्दा पराजित हुन पुग्यो । 

पहिलो दिनको खेलमा सप्तरीको नमोबुद्ध युथ क्लबले जित हात पारेको थियो । 

कान्तिपुर

Link copied successfully