पहिलो पटक कुकिवन च्याम्पियनसिप हुने

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

For the first time, there will be a Kukiwan Championship

काठमाडौँ — नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको आयोजनामा अर्को महिना कुकिवन च्याम्पियनसिप हुने भएको छ । प्रतियोगिता वैशाखको ४ देखि ६ सम्म हुनेछ । नेपालमा कुकिवन च्याम्पियनसिप हुन लागेको यो पहिलो पटक हो र यसको ब्रेकिङमा पाँच विधा समावेश गरिनेछ ।

त्यसमा साइड किक, फिस्ट, नाइफ, हाइजम्प र अलराउन्ड रहेका छन् । ब्रेकिङमा पाँच उमेर समूह गरेर २८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै अथोराइज पुम्पेतर्फ पाँच उमेर समूहमा ३० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । तेक्वान्दो एरोबिकमा भने थप ६ स्वर्णका लागि पनि खेल हुनेछ । प्रतियोगिताको कुल बजेट २१ लाख रुपैयाँभन्दा बढी रहेको छ । 

कान्तिपुर

Link copied successfully