एनएसएल : चितवनसँग पोखरा पराजित

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

NSL: Pokhara lost to Chitwan

काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा चितवन एफसीले जित हासिल गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा चितवन पोखरा थन्डर्सलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।  चितवनको जितमा नोडिर माभलोनोभ र निरज चौधरीले समान एक–एक गोल गरे । 

चितवनका माभलोनोभले  खेलको १५औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । यस्तै, खेलको दोस्रो हाफको अतिरिक्त समयमा नीरज चौधरीले गोल गरे ।

यस जितसँगै चितवनले ३ अङ्क जोड्यो ।जारी सिजनमा जित निकाल्ने चितवन पहिलो टिम हो । यसअघि भएका दुई खेल बराबरीमा सकिएका थिए । भोलि बुटवल लुम्बिनी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully