काठमाडौँ — बिमा दोकान दोस्रो इन्सुरेन्स कप फुटसल प्रतियोगिता हुने भएको छ । बिमा दोकानले स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य भन्ने नाराका साथ इन्स्योरेन्स कम्पनीहरु बीच यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।
अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा कालोपुल स्थित धनवन्तरी फुटसलमा हुने प्रतियोगिताको विजेताले ३५ हजार र उपविजेताले १५ हजार नगद पाउने छन् । प्रतियोगिता वैशाख ७ र ८ गते हुने आयोजकले जनाएको छ ।
