१३औं भीमबहादुर तामाङ स्मृति कपको उपाधि चितवनलाई

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

13th Bhim Bahadur Tamang Memorial Cup title to Chitwan

काठमाडौँ — १३ औं भीमबहादुर तामाङ स्मृति कपको उपाधि चितवनले हात पारेको छ । दोलखाको बैतेश्वर-३ मिर्गे बजार प्राङ्गणमा शनिबार भएको फाइनल खेलमा नुवाकोटलाई सोझो सेटमा हराउँदै चितवनले उपाधि चुमेको हो। 

विजयी टिम चितवनले नगद ४ लाखसहित शिल्ड मेडल र प्रमाणपत्र  प्राप्त गरे । त्यस्तै, उपविजेता नुवाकोटले नगद २ लाख शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो।

तेस्रो हुँदै रामेछापले एक लाख र आयोजक टिम दोलखा सान्त्वना हुँदै नगद ५० हजार पुरस्कारमा राशीमा चित्त बुझाए।

नेपाली कांग्रेस दोलखा क्षेत्र नम्बर १ प्रदेश "क" को आयोजनामा भएको प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट नौ टिमले भाग लिएका थिए ।

कान्तिपुर

Link copied successfully