चुपचाप सुरु हुँदै नेपाल सुपर लिग

यसपल्टको एनएसएलमा विदेशी खेलाडीसँगै प्रशिक्षकको पनि बाक्लो जमघट

चैत्र १६, २०८१

हिमेश

Nepal Super League starting quietly

काठमाडौँ — जसरी चारैतर्फ चर्चा हुनुपर्ने थियो, त्यसको छेउछाउ पनि नपुग्दै नेपाल सुपर लिग (एनएसएल) शनिबार सुरु हुँदै छ । नेपाली फुटबलकै एउटा ठूलो प्रतियोगिताले सुरु हुनु अघि जुन गति लिनुपर्ने थियो, त्यो भन्दा धेरै सुस्त ढंगले यो खेलप्रेमीमाझ आइपुगेको छ ।

यो प्रतियोगिताले जन्म लिँदा जुन जोस र जाँगर देखाएको छ, त्यो केही सेलाएको छ । विश्वास के गर्न सकिनेछ भने यो प्रतियोगिता जति–जति अगाडि बढ्ने छ, यसले धेरैलाई आफूतिर जान्ने छ । 

अहिलेसम्म यो प्रतियोगिताका दुई संस्करण भयो । पहिलोको विजेता थियो, काठमाडौं रेजर्स । दोस्रोको च्याम्पियन ललितपुर सिटी एफसी थियो । उद्घाटन खेलमा यिनै दुई टिम भिड्ने छन् । एक महिना जतिको समय र २५ खेलपछि यो प्रतियोगिताले अर्को विजेता पाउने छ । के यो यिनै दुई टिम काठमाडौं र ललितपुर नै हुनेछ वा अर्को तेस्रो टिम अगाडि आउने छ ? यो सबै पृष्ठभूमिमा यसपल्टको प्रतियोगितालाई केही विशेषताको मदतमा विश्लेषण गर्न सकिनेछ । 

सबैको सम्भावना उत्तिकै

पछिल्लो समय नेपाली फुटबलकै एउटा ठूलो विशेषता हो । जतिबेला प्रतियोगिता सुरु हुन्छ, त्यतिबेला यही टिम च्याम्पियन हुनेछ भनेर दाबी गर्न सकिने स्थिति हुने गर्दैन । यति हुँदाहुँदै सबै टिम आफैंले जित्ने, आफ्नै टिम राम्रो जस्तो दाबी गर्न बिर्संदैनन् । प्रतियोगिताबारे शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा पनि लगभग यस्तै देखियो । उनीहरूलाई पनि के राम्रोसँग थाहा छ भने प्रतियोगिता खुला छ, यसमा सबैको सम्भावना उत्तिकै छ ।

बुटवल–लुम्बिनी बलियो कि ? 

फेरि यति भन्दाभन्दै एउटा टिम अरू भन्दा केही फरक छ । यो हो बुटवल लुम्बिनी । यसको के अर्थ होइन भने यससँग च्याम्पियन हुने सबैखाले गुण छ । के मात्र भन्दा कम्तीमा कागजमा यो टिम पक्कै बलियो छ । यसको कारण हो, यसमा जति नेपाली खेलाडी छन्, त्यसमध्ये प्रमुख राष्ट्रिय टोलीका सदस्यहरू छन् । जस्तो कि मनीष डाँगी, एरिक विष्ट, सुमन श्रेष्ठ, विमल पाण्डेदेखि दीप कार्कीसम्म । सायद यसपछि केही हदसम्म काठमाडौं नै बलियो छ कि ? धनगढी एफसी पनि ? 

विदेशी खेलाडी निर्णायक हुने

एउटा तथ्य निश्चित छ । यो प्रतियोगिता त्यही टिमले जित्ने छ, जसका विदेशी खेलाडीले राम्रो खेल्नेछन् । त्यसै पनि यो प्रतियोगितामा विदेशी खेलाडीको वर्चस्व चल्ने निश्चित छ । मैदानमै आधा जति खेलाडी विदेशी हुनेछन् । यस्तोमा गोल गर्ने विदेशी, तिनलाई अवसर सिर्जना गर्ने विदेशी अनि बचाउ गर्ने पनि विदेशी । पूरापूर सम्भावना छ, यो प्रतियोगिता भन्नु नै विदेशी खेलाडीको निर्णायक प्रदर्शन हुनेछ । जति विदेशी खेलाडी आएका छन्, ती केही हदसम्म राम्रा पनि छन् । 

गोलरक्षक जति विदेशी

कुनै एक क्षेत्रमा साँच्चै शतप्रतिशत विदेशी खेलाडी निर्णायक हुनेछ भने त्यो गोलरक्षकमा हुनेछ । सहभागी सात टिममध्ये एकै टिमले मात्र आफ्नो पहिलो रोजाइका गोलरक्षकका रूपमा नेपाली खेलाडी उतार्ने प्रवल सम्भावना छ । त्यो टिम हो बुटवल–लुम्बिनी । टोलीमा दीप कार्की छन् । राष्ट्रिय टिमकै कप्तान तथा गोलरक्षक किरण लिम्बूले यो प्रतियोगिता खेलिरहेका छैनन् । यसमा पनि धेरैको चासो छ । यसपल्टको एनएसएलले हाम्रा गोलरक्षकलाई अपहेलना गरेको छ, यसमा दुविधा छैन । 

उम्दा प्रशिक्षकको जमघट

यसपल्टको एनएसएलको एउटा ठूलै उल्लेखनीय पक्ष भनेको उम्दा प्रशिक्षकहरूको जमघट हो । सात टिममध्ये तीनैमा मात्र नेपाली प्रशिक्षक छन् । त्यस अर्थमा उनीहरू भाग्यमानी रहे सुमन श्रेष्ठ, प्रवेश कटुवाल र नवीन न्यौपाने । तर उनीहरू कोही प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक होइनन् । बाँकी चार विदेशी प्रशिक्षक भने निकै अनुभवी र खारिएका छन् । यसमा कुनै शंका छैन । जस्तो कि काठमाडौंका प्याट्रिक डे विल्ड, ललितपुरका सिमोन ग्रेसन, धनगढीका जुवान म्यानुएल र बुटवल–लुम्बिनीकै पुष्पलाल शर्मा । 

एक चाङ कमजोरी 

यसपल्ट एनएसएलका केही आलोचना गर्न लायक पक्ष पनि छन् । त्यसलाई एक चाङ कमजोरी नै मान्दा हुन्छ । पहिलो, प्रतियोगिता निकै छोटो अवधिको भयो । लिग चरणमा एउटा टिमले खेल्ने भनेकै ६ खेल । यस्तो प्रतियोगिताले हुने केही होइन, यो मोफसलमा हुने गोल्डकपका दुई प्रतियोगिता एकै ठाउँमा मिलाए जत्तिकै मात्र हो । त्यसमाथि टीएमएस पनि लागू छैन । त्यो भनेको फिफा ट्रान्सफर म्याचिङ सिस्टम । सबैभन्दा महत्त्वपूर्ण तथ्य विदेशी खेलाडीमा अत्यधिक निर्भर हुँदा के यसले नेपाली फुटबललाई दीर्घकालीन फाइदा गर्छ त ?

हिमेश

Link copied successfully