काठमाडौँ — बाँसबारीले सहिद स्मारक लिग ‘बी’ डिभिजनमा शुक्रबार लगातार दोस्रो जित निकालेको छ । बाँसबारी ६ अंकमा लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा बाँसबारीले ब्रिगेड ब्वाइजलाई १–० ले हरायो ।
त्यसमा सन्दीप लिम्बूले निर्णायक गोल गरे । ब्रिगेड ब्वाइजको यो लगातार दोस्रो हार हो र यससँगै टिम तीन अंकमै सीमित रह्यो ।
शुक्रबारको अर्को खेलमा ब्वाइज युनियनले झापासँग १–१ को बराबरी खेल्यो । ब्वाइन युनियनको यो लगातार तेस्रो बराबरी हो र उसको ३ अंक भएको छ । झापाले भने पहिलो १ अंक बटुल्यो ।
झापाले निकेश श्रेष्ठको गोलले अग्रता लिएलगत्तै ब्वाइज युनियनका लागि संजीव लामाले बराबरी गोल फर्काए ।
