शीर्षमा बार्सिलोना तीन अंकले अगाडि

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

Barcelona lead by three points at the top

काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगामा बिहीबार ओसासुनालाई ३–० ले सजिलै पराजित गर्दै लिग तालिकाको शीर्षमा तीन अंकको अग्रता लिएको छ । ह्यान्सी फ्लिकको बार्सिलोना सबै खाले प्रतियोगिताका १९ खेलमा अपराजित रहेको छ ।

यो जितपछि बार्सिलोनाको २८ खेलबाट ६३ अंक भएको छ । उसको पछाडि समान खेलबाट रियल म्याड्रिडको ६० र एटलेटिको म्याड्रिडको ५६ अंक रहेको छ । ओसासुना भने ३३ अंकमा १४ औं स्थानमा छ ।

बार्सिलोनाका लागि फर्नान्डो टोरेस, डानी ओल्मो र रोबर्ट लेवनडोस्कीले एक एक गोल गरे । ओल्मो भने चोट बोक्दै खेलकै क्रममा मैदान छाड्न बाध्य रहे र यो बार्सिलोनाका लागि महँगो सावित हुन सक्नेछ । 

कान्तिपुर

Link copied successfully