महिला एसियन कप-२०२६ छनोट : नेपाल समूह एफमा

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

Women's Asian Cup-2026 Qualification: Nepal in Group F

काठमाडौँ — एसियाली फुटबल महासंघ (एएफसी) महिला एसियन कप-२०२६ छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ । महासंघले मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा आज  सर्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘एफ’मा परेको हो ।

नेपालको समूहमा उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन् । आगमी जुन महिनामा समूह ‘एफ’को छनोट खेल उज्बेकिस्तानमा हुनेछ । नेपालले आफ्नो समूहमा शीर्षस्थान हात पार्न सके पहिलो पटक एसियन कप खेल्नेछ ।

एएफसी महिला एसियन छनोटमा विभिन्न ३४ देशलाई आठ समूहमा विभाजन गरिएको छ । जसमा हरेक समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । एसियन कप सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ ।

कान्तिपुर

Link copied successfully