मेयर कपमा नीलकण्ठ र ललितपुर च्याम्पियन

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

Neelkanth and Lalitpur champions in the Mayor's Cup

काठमाडौँ — धादिङको नीलकण्ठ नगरपालिका र आयोजक ललितपुर महानगरपालिका बिहीबार बागमती प्रदेशस्तरीय अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन भएका छन् ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा महिलातर्फ नीलकण्ठले महालक्ष्मी नगरपालिकालाई हराएर उपाधि जितेको हो । नीलकण्ठले २५–१५ २५–२३, २७–२५ को प्रतिस्पर्धात्मक सेटमा खेल जितको थियो ।

नीलकण्ठले २ लाख र उपविजेता महालक्ष्मी ललितपुरले १ लाख रुपैयाँ पुरस्कार पाए ।

Neelkanth and Lalitpur champions in the Mayor's Cup

पुरुषतर्फ आयोजक ललितपुरले महांकाल गाउँपालिकालाई ३–० को सोझो सेटमा हराएको थियो । ललितपुरले २५–१७, २५–२०, २५–१७ ले सेट आफ्नो पक्षमा परेको थियो । पुरुषमा मन्थली नगरपालिका र महिलामा आयोजक ललितपुरले तेस्रो स्थान हात पारे । मन्थलीले मैलुङ गाउँपालिकालाई २५–१५, २५–१६, २५–२२ ले हरायो । ललितपुरले बिगु गाउँपालिकामाथि जित पाएको थियो ।

दुवैतर्फका विजेताले दुई लाख, उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाए । विजेता खेलाडीलाई ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले पुरस्कार प्रदान गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully