डाँडाबजार गोल्डकप वैशाखमा

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

Dandabazar Gold Cup in Baisakh

धनकुटा — धनकुटाको साँगुरीगढीमा चौथो डाँडाबजार गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । वैशाख १७–२० सम्म हुने प्रतियोगितामा आयोजक डाँडाबजार एफसीसहित धरान, मोरङ, उदयपुरका गरी ८ टिमले भाग लिनेछन् ।

साँगुरीगढी गाउँपालिकाको सहयोग र जंगबहादुर थापा स्मृति कोष ब्रदरहुडको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । क्लबका अध्यक्ष राजकुमार लिम्बूले विजेताले ३ लाख र उपविजेताले १ लाख ५५ हजार पाउने बताए । यसपालि पुरस्कार वृद्धि गरिएको लिम्बूले बताए । 

कान्तिपुर

Link copied successfully