प्रधानमन्त्री कप क्रिकेट : एपीएफले कोशीलाई २ विकेटले हरायो

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

Prime Minister's Cup Cricket: APF beat Koshi by 2 wickets

भैरहवा — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लब विजयी भएको छ । एपीएफले कोशी प्रदेशलाई २ विकेटले पराजित गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको कोशीले विकेट गुमाउँदै २५४ रन बनायो । कोशीका लागि साकिब हकले ६३ बलमा ११ चौकाको सहयोगमा ६८ रन बनाए । यस्तै, अंकित सुवेदीले ३५, आशिष भट्टराईले ३४ र सुजन थपलियाले ३३ रन बनाए ।  

बलिङतर्फ एपीएफ क्लबका अभिषेक गौतम र मौसाम ढकालले तीन तीन, कप्तान रोहितकुमार पौडेलले दुई तथा इरशाद अहमद र अमरसिंह रौटेलाले एक–एक विकेट लिए । 

एपीएफ क्लबले २५५ रनको विजयी लक्ष्य ४४ दशमलव चार ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफ क्लबका लागि लोकेश बमले अविजित ८४ रन बनाए । उनले ५४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । यस्तै, रोहितकुमार पौडेलले ६१, दीपक बोहराले ३६, सन्दिप जोराले ३०, इर्शाद अहमदले अविजित १६ तथा अभिषेक गौतमले १४ रन बनाए । 

बलिङतर्फ कोशीका फिर्दोस अन्सारी र दिपेश कँडेलले तीन तीन तथा ज्ञानेन्द्र श्रेष्ठ र विपुल लुइँटेलले एक एक विकेट लिए । 

कान्तिपुर

Link copied successfully