मेयर कप भलिबल : नीलकण्ठ र महालक्ष्मी फाइनल भिड्ने

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

Mayor's Cup Volleyball: Neelkanth and Mahalakshmi will meet in the final

काठमाडौँ — अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल्ने टोलीको टुंगो लागेको छ ।

बुधबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहल महिलातर्फ धादिङको नीलकण्ठ नगरपालिकाले महालक्ष्मी नगरपालिका ललितपुरविरुद्ध फाइनल खेल्नेछ । फाइनल बिहीबार हुनेछ ।

नीलकण्ठले आयोजक ललितपुर महानगरपालिकालाई २५–२० २५–२१, ३३–३१ को सेटमा हराएको थियो । महालक्ष्मीले बिगु गाउँपालिकाविरुद्ध २५–२०, २५–१९, २५–११ को सेटमा जित पाएको थियो ।

सेमिफाइनल पराजित ललितपुर र बिगुले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Mayor's Cup Volleyball: Neelkanth and Mahalakshmi will meet in the final

पुरुषतर्फ उपाधिका लागि आयोजक ललितपुरले महांकाल नगरपालिकाको सामना गर्नेछ । फाइनल बिहीबार हुनेछ । ललितपुरले रामेछापको मन्थली नगरपालिका ‘ए’ लाई २५–१६, २५–२१, २०–२५, २५–१९ ले हरायो । अर्को सेमिफाइनलमा महांकालले मैलुङ गाउँपालिकालाई २५–१५, २५–९, २५–१९ को सेटमा हरायो । मन्थली र मैलुङले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको दुवैतर्फका विजेताले २ लाख, उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्टले जनही ५ हजार पाउने आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully