ताप्लेजुङ — फुङलिङ नगरपालिकामा सञ्चालित मेयर कप ब्याडमिन्टन प्रतियोगितामा सात विधाका विजेतालाई पुरस्कृत गरिएको छ । मेन्स सिंगल्सतर्फ मिलिन गुरुङ विजेता र वसन्त गुरुङ उविजेता भए । मिलिनले १२ र बसन्तले ८ हजार ५ सय पुरस्कार पाए ।
मेन्स डबल्स सिनियरतर्फ विकास तामाङ र लाक्पा शेर्पाको जोडीले जिते । उनीहरूले रबिन सावादेन र सन्जुहाङ सावादेनको जोडीलाई पराजित हराए । विजेता जोडीले २० र उपविजेता जोडीले १५ हजार पुरस्कार पायो ।
भेट्रान्स ४५ वर्षमाथि गजेन्द्र थलङ र सन्तोष चोङबाङको जोडीले बाजी मार्यो । इन्द्रकुमार गुरुङ र किशोर राईको जोडी द्वितीय भयो । उनीहरूले क्रमशः १६ र १२ हजार पाए । कर्मचारी तथा जनप्रतिनिधि विधामा सोजित श्रेष्ठ र लक्ष्मण घतानीको जोडी विजयी भयो । नरेश महर्जन र योगमणि सवेन्हाङ दोस्रो भयो ।
महिला सिंगलतर्फ सरुना गुरुङलाई पराजित गर्दै भावनादेवी केदेमले उपाधि जितिन् । केदेमले १२ र गुरुङले ८ हजार ५ सय पाइन् । पुरुष डबल्स जुनियरतर्फ विकास थेवे र आशिष बिष्टको जोडी विजेता भयो । उनीहरूले डेविड गुरुङ र रविन सुनुवारको जोडीलाई पराजित गरे ।
क्रमश २० र १२ हजार पाए । महिला रोशनी लिम्बू प्रथम भइन । उनले निरिसा लिम्बूलाई हराइन् । उनीहरूले ब्याडमिन्टन र्याकेट प्राप्त गरे । यही विधाको ब्वाइजतर्फ रुद्रबहादुर गुरुङले बाजी मारेर र्याकेट पुरस्कार पाए । विजेतालाई नगरपालिका प्रमुख अमिर मादेन, ब्याडमिन्टन संघका अध्यक्ष सुरेश सिंघकलगायतले पुरस्कार प्रदान गरे ।
