काठमाडौँ — सहिद स्मारक लिग ‘बी’ डिभिजनमा च्यासलले बुधबार पहिलो जित निकालेको छ । उसले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा श्री कुमारीलाई २–१ ले पराजित गरेको छ ।
यो जितपछि च्यासलको तीन खेलबाट ४ अंक भएको छ । श्री कुमारीको भने यो लगातार तेस्रो हार हो र टिम शून्य अंकमा रहेको छ । श्री कुमार पुछारबाट दोस्रो स्थानमा छ ।
तेस्रो चरणको पहिलो खेलमा तीनै गोल दोस्रो हाफमा भएको थियो । च्यासलका लागि अनिल भोमजन र आश्विन घोरासैनीले गोल गरे । श्री कुमारीका लागि यमन महर्जनले १ गोल फर्काए ।
