बूढानीलकण्ठ फाइट नाइट हुने

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

Budhanilkanth fight night

काठमाडौँ — बूढानीलकण्ठ हात्तीगौंडा स्पोर्ट्स कमिटीको आयोजनामा बूढानीलकण्ठ फाइट नाइट वैशाख २० मा हुने भएको छ । प्रतियोगितामा विभिन्न १० तौलसमूहमा नेपालसहित ३ राष्ट्रका २० खेलाडी ‘वान भर्सेस वन’ फर्म्याटमा प्रतिस्पर्धा गर्ने आयोजक कमिटीका अध्यक्ष निलम अधिकारीले जानकारी गराए ।

नेपालका १३ खेलाडी सहभागी हुने छन् । भारतबाट ६ र थाइल्यान्डबाट १ खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा ७ र महिलामा ३ स्पर्धामा भिडन्त हुनेछ ।

गलाक द लाइफ स्टायलको व्यवस्थापनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख रुपैयाँ रहेको छ । नेपाल राष्ट्रिय मुवाँथाईं संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका खेल हात्तीगौंडामा हुनेछ ।

नेपालमा पनि मुवाँथाईं खेललाई व्यावसायिक बनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको नेपाल राष्ट्रिय मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully